AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • खेलकुद
  • एसीसी इमर्जिङ एसिया कपका लागि नेपाली क्रिकेट टोलीको विदाई

एसीसी इमर्जिङ एसिया कपका लागि नेपाली क्रिकेट टोलीको विदाई

  • सोमवार, असार २५, २०८०
एसीसी इमर्जिङ एसिया कपका लागि नेपाली क्रिकेट टोलीको विदाई

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंका भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बु र क्यान अध्यक्ष चतुरबहादुर चन्द लगायतकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।

नेपाली टोलीले श्रीलंकामा आयोजना हुन लागेको एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३ खेल्नेछ । नेपाली क्रिकेट टोलीले टोली आजै श्रीलंका प्रस्थान गर्नेछ ।

टोलीले केही दिन अघि मात्रै विश्वकप छनौट खेल खेलेर स्वदेश फर्किएको थियो । नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा र सोमपाल कामी रहेका छन् ।

प्रतियोगिताका लागि भीम सार्की, श्याम ढकाल, प्रतिस जिसी, ललित राजबंशी, किशोर महतो, सन्दीप जोरा र सुर्य तामाङ पनि अँटाएका छन् । जुलाई १३ देखि २३ तारिखसम्म सन्चालन हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले भारत ए, पाकिस्तान ए र यूएईसँग खेल्ने छ ।

Facebook Comments

सम्बन्धित समाचार