AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • तीन दलका शीर्ष नेताहरु संसदको अवरोध खुलाउनेबारे छलफल गर्दै

तीन दलका शीर्ष नेताहरु संसदको अवरोध खुलाउनेबारे छलफल गर्दै

  • सोमवार, असार २५, २०८०
तीन दलका शीर्ष नेताहरु संसदको अवरोध खुलाउनेबारे छलफल गर्दै

काठमाडौं-नेकपा एमालेले जारी राखेको संसदको अवरोध खुलाउने विषयमा तीन दलका शीर्ष नेताहरु छलफल गर्दैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले संसदको अवरोध गरेपछि तीन नेताहरु आज पनि छलफलमा जुटेका हुन्।

सोमबार दिउँसो १ बजे सिंहदबारमा हुने छलफलमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनेछन्।

यसअघि आइतबार पनि तीन नेताबीच संसद खुलाउने विषयमा सहमति भएको थियो। तीन नेताबीच प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने र एमालेले संसदको अवरोध हटाउने सहमति भएको थियो। तर एमालेले पछि संसद खोल्न सहमति नरहेको भनेपछि प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको थियो।

Facebook Comments

सम्बन्धित समाचार