AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त, पाँचजनाको शव भेटियो

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त, पाँचजनाको शव भेटियो

  • मङ्लबार, असार २६, २०८०
मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त, पाँचजनाको शव भेटियो

काठमाडौं-सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

मनाङ एयरको ९एनए–एमभी कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

सुर्केबाट आज बिहान १० बजे काठमाडौंका लागि उडेको हेलिकप्टर सवा १० बजे लाम्जुरापास क्षेत्रबाट सम्पर्कविहीन भएको थियो।

हेलिकोप्टरमा चालकसहित ६ जना रहेकोमा अहिलेसम्म ५ वटा शब भेटिएको छ । उनीहरुको पहिचान खुलेको छैन । हेलिकोप्टरमा पाँच मेक्सिकन नागरिक र नेपाली चालक रहेका थिए ।

प्रहरीले घटनास्थलमा पुगेर उद्धारको काम सुरु गरिसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार