मोरङ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केही दिनअघि त्रिभुवन विमानस्थलबाट क्षेत्रबाट बरामद भएको झण्डै १०० किलो सुन प्रकरणमा बोलेका छन् ।
उनले सेटिङबिना उक्त ठूलो परिमाणको सुन तस्करी हुन नसक्ने दाबी गरेका हुन् । पूर्वगृहमन्त्री समेत रहेका सभापति लामिछानेले शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सेटिङ नभएसम्म विमानस्थलबाट सुन तस्करी सम्भव नरहेको बताए ।
उनले भने, ‘बिना सेटिङ, मिलेमतो नभएर सम्भव छैन। तर कुन लेबलको, कुन ढंगको हो, कसको, भन्ने कुरा अनुसन्धान विषय छ होला, लामो समयदेखि सुन तस्करीहरु जालो ठूलो छ भनिरहेका छन्, आम सर्वसाधारणको सानो एउटा मोबाइल पनि छिर्दैन। यो तस्करी सेटिङमा भएको हो ।’
लामिछानेले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले थप टिप्पणी नगर्ने बताए । विमानस्थलबाट भन्सार पास भएपछि सुन समातिएकाले राष्ट्रिय युवा संघ र कांग्रेस सांसदले गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करलाई साथ दिएको आरोपमा राजीनामा मागेको विषयमा लामिछानेले अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित नभएको बताए । उनले अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले वास्तविकता नबुझि राजीनामा नमाग्ने बताए ।