AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी केन्द्रका पदाधिकारीको जिम्मेवारी हेरफेर

माओवादी केन्द्रका पदाधिकारीको जिम्मेवारी हेरफेर

  • आइतवार, साउन २१, २०८०
माओवादी केन्द्रका पदाधिकारीको जिम्मेवारी हेरफेर

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्। केन्द्रीय समिति बस्नुअघि बालुवाटारमा बसेकाे पदाधिकारी बैठकले जिम्मेवारी  हेरफेर गरेकाे हाे ।

जसअनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकिएका छन्। उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् ।

यस्तै सचिव देवेन्द्र पौडेल मधेश प्रदेशका इन्चार्ज भएका छन्। सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाल तोकिएका छन्।

Facebook Comments

सम्बन्धित समाचार