AarthikBikash
बिहिबार, भदौ ४, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • इरानसँग कारोबार गर्ने देशलाई पनि प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

इरानसँग कारोबार गर्ने देशलाई पनि प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

  • बिहिबार, भदौ ४, २०८३
इरानसँग कारोबार गर्ने देशलाई पनि प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

काठमाडौं  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप कठोर आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

इरानसँग सम्झौता गर्ने उद्देश्यले भइरहेका वार्तामा गतिरोध उत्पन्न भएपछि ट्रम्पले इरानले सम्झौताको अवसर गुमाएको आरोप लगाउँदै कडा आर्थिक कारबाहीको चेतावनी दिएका हुन्।

ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानविरुद्ध अहिलेसम्मकै कठोर आर्थिक दबाब सिर्जना गर्ने संकेत गरेका छन्। उनले इरानले सम्झौतामा पुग्ने अवसर लिन असफल भएको दाबी गर्दै अब उसले कठोर आर्थिक युद्ध र अन्तर्राष्ट्रिय एक्लोपनको सामना गर्नुपर्ने बताएका छन्।

उनले इरानसँग व्यापार वा कुनै पनि प्रकारको व्यावसायिक कारोबार गर्ने अन्य देशमाथि समेत प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका छन्।

ट्रम्पका अनुसार कुनै पनि देशले आफ्ना वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायमार्फत इरानलाई सहयोग गर्न अनुमति दिए त्यसले ठूलो आर्थिक परिणाम भोग्नुपर्नेछ।

उनले इरानसँग जोडिएका तेल तस्करी, वित्तीय कारोबार, नगद हस्तान्तरण, एक्सचेन्ज हाउस, जहाज दर्ता तथा विभिन्न अग्र कम्पनीमार्फत हुने कारोबार तत्काल रोक्नुपर्ने बताएका छन्।

इरानबाट उत्पन्न खतरा अन्त्य तथा परास्त गर्न अमेरिकाका सबै सहयोगी राष्ट्रलाई आफ्नो पक्षमा उभिनुपर्ने ट्रम्पको भनाइ छ।

इरानमाथि आर्थिक प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी भने नयाँ होइन। अमेरिकाले यसअघि नै इरानको तेल तथा वित्तीय क्षेत्रमा विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ।

अघिल्लो समाचार

Money88 Casino No Deposit Bonus 100 Free Spins
Money88 Casino No Deposit Bonus 100 Free Spins

सम्बन्धित समाचार