AarthikBikash
शनिबार, भदौ २०, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुरुङभित्र उद्धार सहज बनाउन स्विट्जरल्यान्डले नेपाललाई दियो अत्याधुनिक ड्रोन

सुरुङभित्र उद्धार सहज बनाउन स्विट्जरल्यान्डले नेपाललाई दियो अत्याधुनिक ड्रोन

  • शनिबार, भदौ २०, २०८३
सुरुङभित्र उद्धार सहज बनाउन स्विट्जरल्यान्डले नेपाललाई दियो अत्याधुनिक ड्रोन

काठमाडौं – जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रका सुरुङभित्र उद्धार कार्यलाई सहज बनाउन स्विट्जरल्यान्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।

नेपालस्थित स्विट्जरल्यान्ड दूतावासका अनुसार स्विट्जरल्यान्डको प्रसिद्ध ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विशेष अनुरोधमा ल्याइएको ड्रोन स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञले प्राधिकरणलाई हस्तान्तरण गरेका हुन्।

विशेषगरी मानिस पुग्न नसक्ने अँध्यारा तथा साँघुरा सुरुङभित्र उडान भरेर अवस्था अवलोकन गर्न सक्ने गरी ड्रोन निर्माण गरिएको छ।

फ्लाईबिलिटीका ड्रोनमा विशेष सुरक्षा घेरा हुने भएकाले सुरुङका भित्ता वा चट्टानमा ठोक्किए पनि क्षति नभई निरन्तर उडान गर्न सक्ने बताइएको छ।

यस प्रविधिको प्रयोगबाट सुरुङभित्र जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिको अवस्था पहिचान गर्न तथा उद्धार कार्यलाई थप सहज र सुरक्षित बनाउन सहयोग पुग्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

सम्बन्धित समाचार