AarthikBikash
मङ्लबार, अशोज २७, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित

  • मङ्लबार, अशोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री पदमा जीवनबहादुर शाही निर्वाचित भएका छन् ।

मतगणनामा शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई पछि पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६ मत पाउँदा राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत प्राप्त गरेका छन् ।

निर्वाचन समितिले मतगणना सम्पन्न गरिसकेको भए पनि परिणामको औपचारिक घोषणा भने गर्न बाँकी रहेको छ ।

शाही यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बनेका थिए । त्यतिबेला भने उनी पराजित भएका थिए ।

सम्बन्धित समाचार