AarthikBikash
आइतवार, अशोज २५, २०८३
  • होमपेज
  • राजनीति
  • बूढीगण्डकी बाढीबाट प्रभावितलाई सहयोग गर्न पार्टीपंक्तिलाई रवि लामिछानेको निर्देशन

बूढीगण्डकी बाढीबाट प्रभावितलाई सहयोग गर्न पार्टीपंक्तिलाई रवि लामिछानेको निर्देशन

  • आइतवार, अशोज २५, २०८३
बूढीगण्डकी बाढीबाट प्रभावितलाई सहयोग गर्न पार्टीपंक्तिलाई रवि लामिछानेको निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्।

उद्धारमा सक्रिय रूपमा लागिरहेको सरकारका सम्बन्धित निकायहरूसँगको समन्वयमा राहत तथा आवश्यक सहयोगका लागि जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएका हुन्।

उनले भनेका छन्, ‘बाढीको जोखिम अझै रहेकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मको तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशनलाई पूर्ण रूपमा पालना गर्न म अपिल पनि गर्दछु।’

दुखको घडीमा सम्पूर्ण प्रभावित नागरिकहरूप्रति गहिरो सहानुभूति प्रकट गरे।

सम्बन्धित समाचार