AarthikBikash
शुक्रबार, अशोज २३, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो

कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो

  • शुक्रबार, अशोज २३, २०८३
कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका नयाँ पदाधिकारी तथा सदस्य चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिले बिहीबार मतदानको समय दिउँसो ३ बजेदेखि बढाएर साँझ ५ बजेसम्म पुर्‍याएको हो ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जारी गरेको सूचनाअनुसार यसअघि दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय थप गरी साँझ ५ बजेसम्म कायम गरिएको छ ।

काठमाडौंमा जारी महाधिवेशनमा केन्द्रीय कार्यसमितिका विभिन्न पदमा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको छ ।

समय थपिएसँगै महाधिवेशन प्रतिनिधिहरूले अब साँझ ५ बजेसम्म मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् ।

सम्बन्धित समाचार