काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान अन्ततः नहुने भएको छ।
बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सार्दै दिउँसो साढे २ बजेसम्म पुर्याइए पनि मतदान सुरु हुन सकेन।
मतदानका लागि पटक–पटक समय तोकिए पनि प्रक्रिया अघि बढ्न नसकेपछि केन्द्रीय निर्वाचन समितिले शुक्रबारका लागि नयाँ समय तय गरेको छ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार अब शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ।
निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएपछि आज मतदान सुरु गर्न नसकिएको निर्वाचन समितिले जनाएको छ।
बिहान १० बजेका लागि तय भएको मतदान तीनपटक सारिए पनि अन्तिम समयसम्म मतदान हुन नसकेपछि कांग्रेस महाधिवेशनको नेतृत्व चयन प्रक्रिया थप एक दिन धकेलिएको हो।