AarthikBikash
बिहिबार, अशोज २२, २०८३
  • होमपेज
  • समाज
  • स्वीकृत दरभन्दा सस्तोमा हवाई टिकट बेच्ने सरकार र वायुसेवाबीच सहमति

स्वीकृत दरभन्दा सस्तोमा हवाई टिकट बेच्ने सरकार र वायुसेवाबीच सहमति

  • बिहिबार, अशोज २२, २०८३
स्वीकृत दरभन्दा सस्तोमा हवाई टिकट बेच्ने सरकार र वायुसेवाबीच सहमति

काठमाडौं – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाइएको गुनासो चुलिएपछि सरकारले आन्तरिक हवाई भाडामा चासो देखाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) को सक्रियतामा नागरिकको गुनासो सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिहरूसँग छलफल गरेको हो।

क्यानमा भएको छलफलमा चाडपर्वका बेला स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति भएको छ।

साथै, स्वीकृत भाडादरबारे स्पष्ट सूचना सम्बन्धित वायुसेवा कम्पनीका सबै बिक्री तथा वितरण प्लेटफर्ममा अनिवार्य रूपमा प्रकाशित गर्ने निर्णयसमेत भएको छ।

यसअघि २०७२ मंसिर २७ गते तत्कालीन मन्त्रीस्तरीय निर्णयबाट आन्तरिक हवाई सेवाका लागि न्यूनतमदेखि अधिकतमसम्मको भाडादर निर्धारण गरिएको थियो।

निर्धारित मापदण्ड र स्वीकृत सीमाभित्र रहेर मात्रै भाडा लिनुपर्ने व्यवस्था भए पनि पछिल्लो समय चाडपर्वको मौका छोपेर मनपरी भाडा असुलिएको गुनासो बढेको थियो।

सोही गुनासोपछि नियामक निकाय क्यानले हवाई भाडामा कडाइ गर्दै स्वीकृत दर कार्यान्वयनमा जोड दिएको हो।

सम्बन्धित समाचार