AarthikBikash
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • खेलकुद
  • यूएईलाई ४५ रनले हराउँदै नेपाल एसिया कपमा छनोट

यूएईलाई ४५ रनले हराउँदै नेपाल एसिया कपमा छनोट

  • शनिबार, भदौ २७, २०८३
यूएईलाई ४५ रनले हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौं – नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान सुरक्षित गरेको छ। शनिबार मलेसियाको क्वालालम्पुरमा भएको फाइनलमा यूएईलाई ४५ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।

नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई २६८ रनमै अलआउट भयो। यूएईका लागि राहुल चोप्राले शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले १०० रन बनाए। शोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रित सिंहले ३३ र खुजैमा तनवीरले १५ रन जोडे।

नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिए। ललित राजवंशीले दुई तथा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले एक–एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको शतकको मद्दतमा निर्धारित ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो।

नेपालका लागि आसिफले १०६ बलमा आठ चौका र चार छक्कासहित १०४ रनको शानदार पारी खेले। गुल्सन झाले ५२, अर्जुन कुमालले ४३ र कप्तान रोहित पौडेलले ४० रन बनाए।

दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले १५, इशान पाण्डेले १३, सन्दीप जोराले सात तथा करण केसी र ललित राजवंशीले एक–एक रन जोडे।

यूएईका लागि इब्रार अहमदले चार विकेट लिए। खुजैमा तनवीरले दुई तथा हैदर अली र अदीब उस्मानीले एक–एक विकेट लिए।

एसीसी प्रिमियर कपको विजेता टोली एसिया कपमा छनोट हुने प्रावधानअनुसार नेपालले अब एसिया कप खेल्ने टिकट पक्का गरेको हो।

अघिल्लो समाचार

Ruleta De Casino En Línea Giros Gratis Gratis Sevilla
Ruleta De Casino En Línea Giros Gratis Gratis Sevilla

सम्बन्धित समाचार