AarthikBikash
आइतवार, अशोज २५, २०८३
  • होमपेज
  • समाज
  • सेनाद्धारा बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार

सेनाद्धारा बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार

  • आइतवार, अशोज २५, २०८३
सेनाद्धारा बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार

गोरखा – गोरखास्थित बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीबाट प्रभावित ३६ जनाको उद्धार गरिएको छ।

नेपाली सेनाले चारवटा हेलिकोप्टर र स्थलमार्गबाट खटिएको टोली परिचालन गरी उनीहरूको उद्धार गरेको जनाएको छ।

सेनाका अनुसार जगत क्षेत्रबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायुबाट १२ जनाको उद्धार गरिएको हो।

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको र अन्य व्यक्तिको खोज तथा उद्धारका लागि आवश्यक समन्वय भइरहेको नेपाली सेनाले जनाएको छ।

आज बिहान चुमनुब्री गाउँपालिका–३ स्थित फिलिममा पहिरोका कारण बुढीगण्डकी नदी थुनिएपछि बाढी आएको थियो।

नदीमा आएको बाढीले तटीय क्षेत्रमा क्षति पुर्‍याएको छ।

सम्बन्धित समाचार