AarthikBikash
आइतवार, अशोज २५, २०८३
  • होमपेज
  • खेलकुद
  • रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य

रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य

  • आइतवार, अशोज २५, २०८३
रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमिरातमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रन बनाएको हो।

नेपालका कप्तान रोहित पौडेलले शतकीय इनिङ्स खेल्दै टोलीको स्कोर उकासे। उनले १२६ बलमा ८ चौका र एक छक्काको मद्दतमा १०१ रन बनाए।

रोहितलाई गुलशन झाले ४८ रन जोड्दै साथ दिए। बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रनको योगदान गरे।

बलिङतर्फ क्यानडाका अखिल कुमारले सर्वाधिक चार विकेट लिए। सुखजिन्दर सिंहले तीन तथा जाहिद सिर्जादले दुई विकेट झारे।

रोहितको शतकमा प्रतिस्पर्धात्मक योगफल बनाएको नेपालले अब क्यानडालाई रोक्दै खेल आफ्नो पक्षमा पार्न २३५ रनको रक्षा गर्नुपर्नेछ।

सम्बन्धित समाचार