AarthikBikash
शुक्रबार, अशोज ३०, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काठमाडौंमा कात्तिक १ देखि ४ गतेसम्म फोहोर व्यवस्थापन प्रभावित हुने

काठमाडौंमा कात्तिक १ देखि ४ गतेसम्म फोहोर व्यवस्थापन प्रभावित हुने

  • शुक्रबार, अशोज ३०, २०८३
काठमाडौंमा कात्तिक १ देखि ४ गतेसम्म फोहोर व्यवस्थापन प्रभावित हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ ।

कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीहरूको महान् पर्व दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो ।

आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै रूपमा राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गरेकी छन् ।

सम्बन्धित समाचार