AarthikBikash
बिहिबार, अशोज २९, २०८३
  • होमपेज
  • समाज
  • जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

  • बिहिबार, अशोज २९, २०८३
जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

जाजरकोट – जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बिहीबार बिहानै एक बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको क.प्र.०२००१ च १२४३ नम्बरको बलेरो जिप गैरीगुवास्थित भित्री सडक खण्डमा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

आज बिहान करिब २ बजेतिर जिप सडकबाट झण्डै ३०० मिटर तल खसेर दुर्घटनामा परी जिप चालक जाजरकोट जुनिचाँदे गाउँपालिका–९ का २० वर्षीयका सन्त बहादुर बस्नेत र वडा नं. ३ स्यालाकी ३० वर्षीया बिपना भण्डारीको मृत्यु भएको हो।

यस्तै, दुर्घटनामा परी जुनिचाँदे–३ स्यालाका ३० वर्षीय दिल बहादुर भण्डारी, उनका ४ वर्षीय छोरा शिशिर भण्डारी र  ५० वर्षीया सितला टमटा घाइते भएका छन्।

अघिल्लो समाचार

Kaszinó Nélküli Letét Nyerőgép Stratégiái
Kaszinó Nélküli Letét Nyerőgép Stratégiái

सम्बन्धित समाचार