AarthikBikash
बुधबार, अशोज ७, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पोखरा आइपुग्यो फ्लाई दुबई, अब दैनिक अन्तर्राष्ट्रिय उडान हुने

पोखरा आइपुग्यो फ्लाई दुबई, अब दैनिक अन्तर्राष्ट्रिय उडान हुने

  • बुधबार, अशोज ७, २०८३
पोखरा आइपुग्यो फ्लाई दुबई, अब दैनिक अन्तर्राष्ट्रिय उडान हुने

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबारदेखि सुरु भएको छ ।

दुबईबाट आएको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स–८ विमान साँझ ६ः१८ बजे पोखरा अवतरण गरेको हो । योसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको छ । नेपाली पाइलट सर्वजित यादवले उडाएर विमान पोखरा ल्याएका हुन् ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४ घण्टा ३० मिनेटको उडानपछि पोखरा आइपुगेको १ सय ६६ सिट क्षमताको विमानमा १ सय १३ यात्रु थिए।

पोखरा अवतरणपछि विमानलाई विमानस्थलमा पानीको फोहरासहित परम्परागत रूपमा स्वागत गरिएको थियो। पहिलो उडानबाट पोखरा आएका यात्रुलाई पोखरा पर्यटन परिषद्को अगुवाइमा खादा, माला तथा उपहार प्रदान गरी स्वागत गरिएको थियो ।

फ्लाई दुबईले पोखराबाट दुबईका लागि अब दैनिक नियमित उडान सञ्चालन गर्नेछ। पोखराबाट यात्रु लिएर विमान सोही राति दुबई फर्किनेछ । पहिलो उडानको विमान १ सय ५३ यात्रु लिएर साँझ ७ः१५ बजे दुबई फर्किने तालिका रहेको थियो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराबाट सुरु भएको पहिलो नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानले पोखराको पर्यटन प्रवर्द्धनसँगै अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा महत्वपूर्ण सुरुआत गरेको बताए।

अघिल्लो समाचार

Como Sacar Dinero De Las Máquinas De Juego En Es 2026
Como Sacar Dinero De Las Máquinas De Juego En Es 2026

सम्बन्धित समाचार