AarthikBikash
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • समाज
  • तिनाउमा मोटरसाइकल खसेर चालकको मृत्यु

तिनाउमा मोटरसाइकल खसेर चालकको मृत्यु

  • आइतवार, अशोज १८, २०८३
तिनाउमा मोटरसाइकल खसेर चालकको मृत्यु

रुपन्देही – बुटवलबाट गुल्मी जाँदै गरेको मोटरसाइकल सिद्धबाबा नजिकको भिरबाट तिनाउ नदीमा खस्दा एकजनाको मृत्यु भएको छ ।

आइतबार दिउँसोको समयमा तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा नजिक बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु. ७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेको थियो । दुर्घटनामा परी गुल्मीको छत्रकोट पाउँपालिका वडा नं. ३ का ४७ वर्षीय नवराज पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

डीएसपी भीमलाल भट्टराईका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएको पन्थको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल सडकबाट करिब ९० मिटर तल खसेको थियो ।

अघिल्लो समाचार

Gry Maszyny Hazardowe Do Gier
Gry Maszyny Hazardowe Do Gier

सम्बन्धित समाचार