AarthikBikash
आइतवार, भदौ २१, २०८३
  • होमपेज
  • खेलकुद
  • साउदी अरेबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल

साउदी अरेबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल

  • आइतवार, भदौ २१, २०८३
साउदी अरेबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं – नेपालले एसीसी प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध पहिला फिल्डिङ गर्दैछ ।

मलेसियाको बायोमास ओभलमा साउदीका कप्तान वाजी उदल हसनले टस जितेर ब्याटिङको निर्णय लिएका हुन् ।

नेपाल लगातार तेस्रो जितसँगै एक खेलअगावै सेमिफाइनलमा स्थान पक्का गर्ने लक्ष्यमा छ । नेपाल प्रतियोगितामा लगातार दुई जितसहित बलियो अवस्थामा छ।

नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले तथा दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

यता, आफ्नो चौथो खेल खेल्दै गरेको साउदी पनि लगातार दोस्रो जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । यसअघि हङकङ र मलेसियासँग पराजित साउदीले बहराइनलाई हराएको थियो ।

सम्बन्धित समाचार