AarthikBikash
शुक्रबार, अशोज ९, २०८३
  • होमपेज
  • खेलकुद
  • अफगानिस्तान १०२ रनमा सीमित, नेपाललाई १०३ रनको लक्ष्य

अफगानिस्तान १०२ रनमा सीमित, नेपाललाई १०३ रनको लक्ष्य

  • शुक्रबार, अशोज ९, २०८३
अफगानिस्तान १०२ रनमा सीमित, नेपाललाई १०३ रनको लक्ष्य

काठमाडौं – जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ ।

कारोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनायो ।

नेपालका लागि ललित राजवंशीले पहिलो क्रमका तीन अफगानी ब्याटरलाई आउट गर्दै उत्कृष्ट सुरुवात दिलाए । उनले ओपनर हसन इसाकिललाई शून्य, मोहम्मद एकरामलाई २ र करिम जन्नतलाई ९ रनमा आउट गरे । अफगानिस्तानले १६ रन जोड्दा तीन विकेट गुमाएको थियो ।

त्यसपछि कुशल भुर्तेलले लगातार चार विकेट लिए । ३० रन बनाएका फैजल खान दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट भए । मोहम्मद इशाक ७ रनमा एलबीडब्लु आउट भए ।

कप्तान डार्विस रसुलीलाई कुशलले गोल्डेन डकमा एलबीडब्लु आउट गरे । त्यसपछि ३० रन बनाएका नाजिबुल्लाह जद्रानलाई करण केसीको हातबाट क्याच गराउँदै कुशलले आफ्नो चौथो विकेट पूरा गरे ।

अफगानिस्तानले ७ विकेट गुमाउँदा ९५ रन बनाएको थियो ।

नेपालका लागि कुशलले ४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिए । ललितले ४ ओभरमा १३ रन दिँदै ३ विकेट हात पारे ।

नेपालले अफगानिस्तानसँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको यो दोस्रो पटक हो । यसअघि दुई टोलीबीच सन् २०१४ को टी–२० विश्वकपमा प्रतिस्पर्धा भएको थियो ।

सम्बन्धित समाचार