AarthikBikash
शुक्रबार, भदौ ५, २०८३
  • होमपेज
  • खेलकुद
  • टप इन्ड टी–२० मा नेपाल आज नर्थन टेरिटोरी स्ट्राइकसँग भिड्दै

टप इन्ड टी–२० मा नेपाल आज नर्थन टेरिटोरी स्ट्राइकसँग भिड्दै

  • शुक्रबार, भदौ ५, २०८३
टप इन्ड टी–२० मा नेपाल आज नर्थन टेरिटोरी स्ट्राइकसँग भिड्दै

काठमाडौं– अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप इन्ड टी-२० सिरिज २०२६ मा नेपाल ‘ए’ टोलीले आज आफ्नो पहिलो खेल खेल्दैछ । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल डार्विनस्थित डिएक्ससी एरिनामा नेपाली समयअनुसार आज दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

अस्ट्रेलियाको घरेलु परिस्थितिमा खेल्न लागेको नेपाली टोलीका लागि पहिलो खेलमै राम्रो सुरुआत गर्ने चुनौती हुनेछ।नेपालले यस प्रतियोगितामा लगातार दोस्रो वर्ष सहभागिता जनाउन लागेको हो । नेपालले आजको खेलपछि अगस्ट २२ मा बंगलादेश हाई पर्फर्मेन्स, अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमी, अगस्ट २६ मा एसीटी कोमेट्स, अगस्ट २७ मा हाइड्राबाड किङ्समेन र अगस्ट २९ मा भिक्टोरियासँग खेल्नेछ। यस प्रतियोगितामा नेपालसहित नौ टोली सहभागी छन्।

अघिल्लो समाचार

Ganancias Reales Del Casino En Línea En Es 2026
Ganancias Reales Del Casino En Línea En Es 2026

अर्को समाचार

Juegos Casino Móvil Online En Es 2026
Juegos Casino Móvil Online En Es 2026

सम्बन्धित समाचार