AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

  • बिहिबार, साउन २५, २०८०
विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

काठमाडौं-गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ । बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष ०७९/८० को नाफा १२ अर्ब ३३ करोड पुगेको जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको थियो। गत वर्ष बढेको सुख्खायामले विद्युत उत्पादनमा गिरावट आउँदा प्राधिकरणको नाफा घटेको घिसिङको भनाई छ ।

साथै, प्राधिकरणको तेस्रो वित्तिय पुनरसंरचना तयार गरी प्राधिकरणको सेयर सर्वधारणमा जारी गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए । त्यसका लागि प्राधिकरणको क्रेडिट रेटिङ इक्रा नेपालबाट गराउँदा डबल ए प्लस प्राप्त गरेको उनले जनाएका छन् । विद्युत प्राधिकरण ऐन २०४१ अनुसार शेयर जारी गर्न लागिएको घिसिङले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार