AarthikBikash
सोमवार, साउन ७, २०८१
  • होमपेज
  • समाज
  • जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु

जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु

  • शुक्रबार, भदौ १, २०८०
जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु

दाङ-दाङ बंगलाचुली गाउँपालिका–४ मैकुटीका आमाछोरीको जंगली च्याउ खाँदा मृत्यु भएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षीया छोरी अस्मिता सुनार मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमा ईश्वरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो भने गत बुधबार छोरी अस्मिताको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । मृतक ईश्वरीका श्रीमान भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

गत सोमबार साँझ जंगलबाट ल्याएको च्याउ उनीहरु खाएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार