AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुरमा डेंगी संक्रमणबाट युवकको मृत्यु

कञ्चनपुरमा डेंगी संक्रमणबाट युवकको मृत्यु

  • मङ्लबार, भदौ १२, २०८०
कञ्चनपुरमा डेंगी संक्रमणबाट युवकको मृत्यु

काठमाडौं- डेंगी रोगको संक्रमणबाट कञ्चनपुरको बेलौरी नगरपालिका–८, पचुँइका २८ वर्षीय हिक्मत खत्रीको गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार खत्रीको उपचारका क्रममा कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो ।

एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि परिवारजनले उपचारका लागि धनगढी लगेका थिए ।

भारतमा डेंगीको संक्रमण भएको वा यहाँ फर्किएपछि भएको बारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए ।

डेंगी सार्ने लामखुट्टेका लार्भा र फुल नष्ट गर्न वडामा विशेष अभियान सञ्चालनका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार