AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भक्तपुर र उदयपुरबाट बलात्कार आराेपमा दुई जना पक्राउ

भक्तपुर र उदयपुरबाट बलात्कार आराेपमा दुई जना पक्राउ

  • मङ्लबार, भदौ १२, २०८०
भक्तपुर र उदयपुरबाट बलात्कार आराेपमा दुई जना पक्राउ

काठमाडाैं- १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नरेफाट बस्ने ईलाम, ईलाम नगरपालिका-९ घर भएका ५२ वर्षीय सूर्य बहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । भण्डारीले ती किशोरीलाई भक्तपुरकाे सूर्यबिनायक नगरपालिका-९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरकाे कटारी नगरपालिका-१ बेलसोत बस्ने २५ वर्षीय जय बहादुर खपाङ्गी मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार