AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • खेलकुद
  • एसिया कप क्रिकेट : उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्दै

एसिया कप क्रिकेट : उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्दै

  • बुधबार, भदौ १३, २०८०
एसिया कप क्रिकेट : उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौं-पाकिस्तान र श्रीलंकाको सहआयोजनामा बुधबारदेखि श्रीलंकामा एसिया कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितमा छ देशले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा बुधबार नेपालले पाकिस्तानको सामना गर्दैछ । मुल्तानमा घरेलु टोलीविरुद्धको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा हुनेछ ।

उक्त खेलपछि नेपाली टोली श्रीलंका जानेछ । नेपालको दोस्रो खेल भारतविरुद्ध रहेको छ । नेपाल र भारतबीचको खेल भदौ १८ गते श्रीलंकाको क्यान्डिमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा शुरु हुनेछ । नेपालको दुबै खेल डे नाइट हुनेछ ।

श्रीलंकाले एक वर्षअघि टी–२० ढाँचामा खेल जितेको थियो । यस वर्ष एसिया कप ५० ओभरमा हुनेछ । भारतमा आगामी अक्टोबरमा हुने विश्वकप प्रतियोगिता अगाडि एसियाका दिग्गज खेलाडी एकअर्काको नाडीछाम्न कोलम्बोमा भिड्दै छन् । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेप्टेम्बर १७ मा कोलम्बोमा हुने फाइनल स्पर्धा गर्नेछन् भने  शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् ।

समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् ।  भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेको कारण हाइब्रिड मोडलमा सहमति भएपछि शीर्ष स्थानमा रहेको छ । गत साता भएको सिरिजमा अफगानिस्तानलाई ३–० ले हराएर विश्व नम्बर एक बनेको पाकिस्तान श्रीलंकामा  फाइनलसहित बाँकी नौ खेल खेल्नेछ ।

एक दिवसीय वरियतामा पहिलो नम्बरमा रहेको पाकिस्तान बबर आजमको कप्तानीमा मैदानमा उत्रने छ । दुई पटक एसिया कप उपाधि उचालेको पाकिस्तानी टिममा तीव्र गतिका बलर सहीन शाह अफ्रिदी र नामुद विकेटकिपर मोहम्मद रिजवानलगायत छन् ।

क्रिकेटको पावरहाउस भारत सबैभन्दा धेरै एसिया कप जितेको छ ।  आठौं उपाधिको लागि एकदिवसीय वरीयतामा तेस्रो स्थानमा रहेको भारतलाई कप्तान रोहित शर्मालेपुनः जितको स्वाद चखाउने प्रयास गर्नेछन् । उनलाई विराट कोहलीजस्ता सिपालु ब्याट्सम्यान, अलराउन्डर हार्दिक पाण्ड्या, द्रुत गतिका बलर जसप्रित बुमराह लगायतको साथ रहने छ ।

कप्तान रोहित पौडेलको नेतृत्वमा पहिलोपटक एसिया कप खेल्न ब्याट्सम्यान आरिफ शेख, लेग स्पिनर सन्दीप लामिछाने र विकेटकिपर आसिफ शेखलगायत खेलाडीहरुले एक साता अघि नै पाकिस्तान पुगेर अभ्यास गरेका थिए । एक दिवसीय वरियतामा १५औं स्थानमा रहेको नेपाल यो वर्षको प्रारम्भमा विश्वकप छनोटमा पुगेर ५० ओभरको खेलमा पराजित भएको थियो ।

समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । बंगलादेश एक दिवसीय वरीयतामा सातौं, श्रीलंका आठौं र अफगानिस्तान नवौं स्थानमा छन् ।

Facebook Comments

सम्बन्धित समाचार