AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • विप्लव नेतृत्वको नेकपाद्धारा एमसीसीविरुद्ध आन्दोलनको घोषणा

विप्लव नेतृत्वको नेकपाद्धारा एमसीसीविरुद्ध आन्दोलनको घोषणा

  • शुक्रबार, भदौ १५, २०८०
विप्लव नेतृत्वको नेकपाद्धारा एमसीसीविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसीको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको हो ।

विप्लव नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को सुरुदेखि नै विरोध गर्दै आएको थियो ।

काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गरिने बताइएको छ ।

असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गरिने भएको छ । मार्चपासमा सामना साँस्कृतिक टोली पनि सहभागी हुने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार