AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • पेप्सीकोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

पेप्सीकोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

  • आइतवार, भदौ १७, २०८०
पेप्सीकोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं – काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा एउटा बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार दुर्घटनामा बा. प्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल चालककाे मृत्यु भएको हो। उनको सनाखत हुन बाँकी छ। दुर्घटनामा सात जना घाइते भएका छन् ।

घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

आज बिहान करिब ७ः४५ बजेतिर बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशामा रहेका बा ६ च ५३४२ नम्बरको बोलेरो जिप, बागमती प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार