AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाज
  • बाढी पहिरोको कारण सिन्धुपाल्चोकमा निर्माणाधीन लिपिङ खोला हाइड्रोपावरको काम ठप्प

बाढी पहिरोको कारण सिन्धुपाल्चोकमा निर्माणाधीन लिपिङ खोला हाइड्रोपावरको काम ठप्प

  • बिहिबार, भदौ २१, २०८०
बाढी पहिरोको कारण सिन्धुपाल्चोकमा निर्माणाधीन लिपिङ खोला हाइड्रोपावरको काम ठप्प

काठमाडौं – बाढी पहिरोले सिन्धुपाल्चोकमा निर्माणाधीन लिपिङ खोला हाइड्रोपावर परियोजनामा ठुलो क्षति पुर्याएको छ ।

हाइड्रोपावर परियोजनामा ठुलो क्षेती पुगेको कारण हाइड्रोपावरको काम पनि ठप्प भएको छ सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन १६।२६ मेगावाटको लिपिङ खोला हाइड्रोपावर परियोजना कार्य बाढिको कारण अहिले ठप्प छ । विगतमा झैं सिन्धुपाल्चोकमा अहिले पनि बाढी र पहिरोको जोखिम उत्तिकै छ । बढी प्रभावित भने जलविद्युत आयोजनाहरु छन् ।

जिल्लाको विभिन्न स्थानमा विगत ३ दिनदेखि परेको अविरल वर्षाको कारण सिन्धुपाल्चोक आवत जावत बन्द भएको छ । बाढी पहिरोको बढी जोखिममा भने हाइड्रोपावर कम्पनीहरु छन् ।

लिपिङ खोलामा निर्माणाधीन १६।२६ मेगावाटको लिपिङ खोला हाइड्रोपावर परियोजनाको हेडवर्क कार्य बाढिले बगाएको र पूनः निर्माण गर्नुपर्ने भएको आयोजना प्रमख बम बहादुर थापाले बताए । त्यसैगरी पहिरोले पेनस्टक पाइप निर्माण कार्य बन्द गरेको आयोजना प्रमुख थापाको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार