AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • राजनीति
  • एक अर्कालाई तानातान गर्ने राजनीतिले देशमा विकास हुन सकेन : गृहमन्त्री श्रेष्ठ

एक अर्कालाई तानातान गर्ने राजनीतिले देशमा विकास हुन सकेन : गृहमन्त्री श्रेष्ठ

  • बिहिबार, भदौ २१, २०८०
एक अर्कालाई तानातान गर्ने राजनीतिले देशमा विकास हुन सकेन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । माडी नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा गृहमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुपर्नेको विकल्प नरहेकोमा जोड दिए ।

‘एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले विकास हुन सकेन, हाम्रो देशपछि पर्नुको मुख्य कारण पनि यही हो’, उनले भने । राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

उनले थपे, ‘यसो गर्न सके मुलुक स्वाधिन, सुन्दर, लोकतन्त्र र सम्बृद्ध बनाउन सकिन्छ ।’ स्थानीय तहदेखि केन्द्रीय तहसम्म विकासका लागि सबै दल एक ठाउँ हुन जरुरी रहेको उनको भनाइ छ ।

माडीवासीको समस्याप्रति आफू जानकार रहेको भन्दै उनले निकुञ्जको बाटो कालोपत्र गर्ने विषयमा प्रधानमन्त्री र आफूले पटक–पटक छलफल गरी पहिलो प्रथामिकतामा राखेको बताए । सो अवसरमा सुकुम्बासी समस्या समाधानका लागि कानून संशोधन गरेर भए पनि अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।

फरक प्रसंगमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । उनले भने, ‘भ्रष्टाचार र सुशासनलाई कायम गर्ने हकमा ध्यान केन्द्रित गरेर काम गर्नुस् ।’ सुशाशन, समृद्धि र सामाजिक न्याय अहिलेको सरकारको मुख्य कार्यभार रहेको बताउँदै उनले यसअनुसार अघि बढ्न सबैलाई आग्रह गर्नुरे ।

नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठकुर ढकाल, देवेन्द्र श्रेष्ठ माडीमा क्रियाशील राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिले आ–आफ्नो धारणा राखेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार