mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • तीनकुने सामूहिक हत्या प्रकरण : लोकन्थलीबाट थप एक जना पक्राउ

तीनकुने सामूहिक हत्या प्रकरण : लोकन्थलीबाट थप एक जना पक्राउ

  • आइतवार, भदौ ३१, २०८०
तीनकुने सामूहिक हत्या प्रकरण : लोकन्थलीबाट थप एक जना पक्राउ

काठमाडौं- काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीले सिसिटिभी फुटेजमा देखिएका एक युवकलाई आइतबार लोकन्थलीबाट पक्राउ गरेको हो। हत्यामा संलग्न भएको आशंकामा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।पक्राउ परेका व्यक्ति घटनास्थलको सीसीटीभी फुटेजमा पहिचान भएका थिए ।ती व्यक्ति रातिको समय घटनास्थलबाट भक्तपुरतर्फ लागेको दृश्य सीसीटीभी क्यामरामा देखिएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति तिनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर एकैपरिवारका ३ सहित ४ जनाको हत्या भएको थियो । मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेका छन् ।

घटनामा प्रयोग भएको धारिलो हतियार दाउ प्रहरीले बरामद गरेको छ।प्रहरीले घटनाको अनुसन्धान गर्न तालिमप्राप्त कुकुर समेत परिचालन गरेको थियो। त्यस्तै प्राविधिक पाटोबाट पनि अनुसन्धान गरिरहेको छ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई शनिबार नै नियन्त्रणमा लिएको थियो। तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो।

सम्बन्धित समाचार