AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस केन्द्रीय समिति बैठकमा महासमिति बैठकबारे छलफल हुने

कांग्रेस केन्द्रीय समिति बैठकमा महासमिति बैठकबारे छलफल हुने

  • सोमवार, अशोज १, २०८०
कांग्रेस केन्द्रीय समिति बैठकमा महासमिति बैठकबारे छलफल हुने

काठमाडौं-नेपाली कांग्रेसको ४ असोजमा बस्ने केन्द्रीय समितिको बैठकमा महासमिति बैठकबारे छलफल हुने भएको छ।

अघिल्लो केन्द्रीय कार्यसमिति बैठकले गरेको मंसिर १३ देखि १५ सम्म महासमिति बैठक गर्ने निर्णय कार्यान्वयन गर्नेबारेको एजेण्डामा यो केन्द्रीय समिति बैठकमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकले नीति महाधिवेशनले निर्दिष्ट गरेका विषयवस्तु कार्यान्वयन हुने गरि मंसिरमा बस्ने महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक लगायतका प्रतिवेदन लेखनका लागि केन्द्रीय समितिले विभिन्न समिति बनाउने तयारी छ।

केन्द्रीय समिति बैठकका एजेण्डा बनाइरहेका एक नेताले बैठकमा पार्टी संगठन सुदृढीकरणको समीक्षा, महासमिति बैठक, समसामयिक विषयमा बैठकमा छलफल हुने जानकारी दिए।

विधान अनुसार महाधिवेशन बाहेकका हरेक वर्ष महासमिति बैठक बस्नुपर्दछ। नीति महाधिवेशन र महासमिति दुवै कार्य एकैपटक हुने गरी कांग्रेसले महासमिति बैठक आह्नवान गरेको छ। महासमिति बैठक महाधिवेशन पछिको शक्तिशाली निकाय हो।

वार्षिक कार्यतालिका अनुुसार हालसम्म भएका कार्यक्रम बारे महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले बैठकलाई जानकारी गराउने भएका छन्।

साउन २० देखि ३० सम्म पार्टी संगठन सुदृढीकरणको अभियान कांग्रेसले चलाएको थियो।

Facebook Comments

सम्बन्धित समाचार