AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • जनतामा फाटो ल्याउने प्रवृत्ति राष्ट्रिय एकताविरुद्ध छ : ओली

जनतामा फाटो ल्याउने प्रवृत्ति राष्ट्रिय एकताविरुद्ध छ : ओली

  • बुधबार, अशोज ३, २०८०
जनतामा फाटो ल्याउने प्रवृत्ति राष्ट्रिय एकताविरुद्ध छ : ओली

काठमाडौं-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा फाटो ल्याउने प्रवृत्ति राष्ट्रिय एकताको पक्षमा हुन नसक्ने बताएका छन् ।

संविधान दिवसको अवसरमा बुधबार नारायणचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामा फाटो ल्याउने प्रवृत्ति र क्रियाकलाप राष्ट्रिय एकताको पक्षमा नभएको बताएका हुन् ।

देशको उन्नति तथा जनतामा फाटो ल्याउने प्रवृत्ति, राष्ट्रिय एकतामा खलल पु-याउने प्रवृत्ति राष्ट्रिय एकताको पक्षमा नभएको उनको भनाइ छ ।

संविधान प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने जोड दिएका उनले देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए ।

राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न छिटपुट रूपमा प्रयास भइरहेका बताउँदै उनले त्यस्ता क्रियाकलाले राष्ट्रिय एकतालाई खलबल्याउने बताए ।

Facebook Comments

सम्बन्धित समाचार