AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • शिक्षा विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ : गगन थापा

शिक्षा विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ : गगन थापा

  • बिहिबार, अशोज ४, २०८०
शिक्षा विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय शिक्षा विधेयक सच्याउने प्रतिबद्धता जनाउँदै विद्यालय बन्द नगर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालबाट विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको बताएका हुन्।

उनले भनेका छन,‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ।’ उनले उक्त विधेयकको विषयमा संवाद र छलफल गर्ने बताए।

‘विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ, संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो, हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ,’उनले भनेका छन्।

यस्तै,उनले आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्वोधन गर्ने कुरामा प्रतिबद्ध रहेको जनाए।

‘अतः सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु,’उनले उल्लेख गरेका छन्।

शिक्षा विधेयक विरुद्ध देशभरका शिक्षकहरू हिजो (बुधबार)देखि विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।

Facebook Comments

सम्बन्धित समाचार