AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

  • शुक्रबार, अशोज ५, २०८०
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं-शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ ।

शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी भएको हो ।

विद्यालय शिक्षा विधेयकका कतिपय विषयमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले गत असोज ३ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्।

सरकारले पेश गरेको सहमतिको मस्यौदामा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरु परिवर्तन गर्न संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहमति भएको छ

शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्ने पनि सहमति भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार