AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • चिकित्सकमाथि हातपात गर्ने कास्कीका इन्सपेक्टर श्रेष्ठ निलम्बित

चिकित्सकमाथि हातपात गर्ने कास्कीका इन्सपेक्टर श्रेष्ठ निलम्बित

  • बुधबार, अशोज १०, २०८०
चिकित्सकमाथि हातपात गर्ने कास्कीका इन्सपेक्टर श्रेष्ठ निलम्बित

काठमाडौं-चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम बिवादास्पद अभिव्यक्ति दिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक (इन्सपेक्टर) मदन श्रेष्ठलाई निलम्बन गरिएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच भएको झडपका बेला विवादास्पद अभिव्यक्ति दिएका थिए ।

इन्सपेक्टर श्रेष्ठमाथि अनुसन्धान गर्नका लागि जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ ।

इन्सपेक्टर श्रेष्ठले ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै आक्रोशित भिडमा अभिव्यक्ति दिएका थिए । श्रेष्ठको उक्त अभिव्यक्तिपछि चौतर्फी आलोचना भएको थियो भने चिकित्सकहरुले कारवाही माग गरेका थिए ।

इन्स्पेन्टर श्रेष्ठले पीडित परिवारका आफन्तको आक्रोसित भीडमा पुगेर चिकित्सकलाई लाठी चार्ज र ओठ नै फुट्ने गरी हाने भन्दै बिदास्पद अभिव्यक्ती दिएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार