AarthikBikash
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काममा फर्किन आन्दोलनरत चिकित्सकलाई गृह मन्त्रालयको आग्रह

काममा फर्किन आन्दोलनरत चिकित्सकलाई गृह मन्त्रालयको आग्रह

  • शनिबार, अशोज १३, २०८०
काममा फर्किन आन्दोलनरत चिकित्सकलाई गृह मन्त्रालयको आग्रह

काठमाडौं – गृह मन्त्रालयले आन्दोलनरत चिकित्सकलाई काममा फर्कन आग्रह गरेको छ ।

गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीहरूलाई पक्राउ गरी कारबाहीको प्रक्रियामा ल्याइसकेको भन्दै काममा फर्कन आग्रह गरेको हो ।

 

देशभर विभिन्न अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि आक्रमणका घटनाहरू बढेसँगै स्वास्थ्यकर्मीहरू पाँच दिनदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा सडक आन्दोलन गरिरहेका छन्।

सरकारले उनीहरूलाई बिहीबार वार्तामा समेत बोलाएको थियो। तर आफ्ना माग पूरा नभएको भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन्।

पछिल्लो समय पोखराको मणिपाल अस्पताल, ललितपुरको पाटन अस्पताल, लमजुङ, सुर्खेत र हेडौंडालगायतका जिल्लामा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भएको थियो।

गृह मन्त्रालयले दोषीको पहिचान गरी पक्राउ गरिसकेको जनाएको छ । यसैगरी पोखराको मणिपाल अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्ने अभिव्युक्तहरू समेत पक्राउ परिसकेको जनाएको छ ।

गृहले स्वास्थ्य संस्था ऐनबमोजिम कारबाही अघि बढाइसकेकाले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएर चिकित्सकलाई काममा फर्किन अनुरोध गरेको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार