mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • गगनकाे प्रस्ताव : कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाऔं, समाजवादीलाई सरकार चलाउन दिऔं

गगनकाे प्रस्ताव : कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाऔं, समाजवादीलाई सरकार चलाउन दिऔं

  • आइतवार, अशोज १४, २०८०
गगनकाे प्रस्ताव : कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाऔं, समाजवादीलाई सरकार चलाउन दिऔं

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा भएका कांग्रेसका सबै मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव गरेका छन् ।

आइतबार कांग्रेस रुपान्तरण अभियान बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनलाई गर्दै महामन्त्री थापाले समाजवादी मोर्चालाई अढाई वर्ष सरकार चलाउन दिएर कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउन प्रस्ताव गरेका हुन्।

‘उहाँहरुले मिलेर समाजवादी मोर्चा बनाउनुभएको छ। म के प्रस्ताव गर्न चाहन्छु भने, यो दुई अढाई वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ। प्रचण्डजी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने कुरा छ। उहाँहरुको एउटै मोर्चा छ,’ थापाले अघि भने, ‘कांग्रेसको मन्त्रीहरू सबै फिर्ता बोलऔं। दुई अढाई वर्ष उहाँहरूलाई एक्लै चलाउन दिऔं। हामी फ्लोरबाट समर्थन गरौं।’ उनले भने ।

उनले संघमा मात्रै नभएर प्रदेशमा पनि गठबन्धनभित्र नयाँ ढंगबाट जानुपर्ने बताए।

सम्बन्धित समाचार