AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • राजनीति
  • आज प्रधानमन्त्री प्रचण्डलाई भेट्दै एमसीसी प्रमुख अलब्राइटसहितको टोली

आज प्रधानमन्त्री प्रचण्डलाई भेट्दै एमसीसी प्रमुख अलब्राइटसहितको टोली

  • सोमवार, अशोज १५, २०८०
आज प्रधानमन्त्री प्रचण्डलाई भेट्दै एमसीसी प्रमुख अलब्राइटसहितको टोली

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटसहितको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने भएको छ ।

आइतबार साँझ काठमाडौं आइपुगेको अलब्राइटको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री प्रचण्ड’सँग भेटवार्ता गर्न लागेको हो ।

एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको ठीक एक महिनापछि सो टोली काठमाडौं आएको हो ।नेपालमा रहँदा अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम तय भएको छ । गत भदौ १३ गते एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो।

Facebook Comments

सम्बन्धित समाचार