AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • रिगललाई दिएको कैद मिनाहाविरुद्ध भारतीले सुरु गरिन् अनशन

रिगललाई दिएको कैद मिनाहाविरुद्ध भारतीले सुरु गरिन् अनशन

  • बुधबार, अशोज १७, २०८०
रिगललाई दिएको कैद मिनाहाविरुद्ध भारतीले सुरु गरिन् अनशन

काठमाडौं – आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध भारती मानन्धरले अनशन सुरु गरेकी छन्।

उनले बुधबार बिहानदेखि न्यायको लागि माइतीघर मण्डलामा अनशन सुरु गरेकी हुन्। आफू मर्न तयार भएको तर, न्याय नपाएसम्म संघर्ष जारी राख्ने उनको भनाई छ।

रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो। उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए।

कैद मिनाहाको निर्णयविरुद्ध चेतनकी चेतनकी श्रीमती भारती अनशन बसेकी हुन्। रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ।

Facebook Comments

सम्बन्धित समाचार