AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • इजरायलमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद : धैर्य गर्नुस्, नेपाल फर्काउने तयारी गर्दैछौं

इजरायलमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद : धैर्य गर्नुस्, नेपाल फर्काउने तयारी गर्दैछौं

  • सोमवार, अशोज २२, २०८०
इजरायलमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद : धैर्य गर्नुस्, नेपाल फर्काउने तयारी गर्दैछौं

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजलरायलमा रहेका विद्यार्थीसँग संवाद गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयबाट प्रचण्डले इजरायलको बंकरमा रहेका विपिन सुवेदीसँग भिडिओ कुराकानी गरेका हुन्।

त्यसक्रममा सुवेदीले आफूहरूलाई छिटो नेपाल फर्काउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्रीले अप्ठेरोमा परेका नेपालीहरूलाई नेपाल फर्काउन विभिन्न उपायहरू अपनाइरहेको भन्दै नआत्तिन र सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।

उनले इजरायल सरकारको अनुमति पाउनेबित्तिकै उडाउनका लागि विमान तयारी हालतमा राखिएको भन्दै धैर्य गर्न आग्रह गरे ।

यसैबीच प्रधानमन्त्री प्रचण्डको सचिवालयले इजरायलको युद्ध क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरूलाई आजै सुरक्षित क्षेत्रमा स्थानान्तरण गरिने जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार