кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, असार २३, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • भोली राष्ट्रिय शोक घोषणा, इजरायलमा ज्यान गुमाउनेका परिवारलाई १० लाख राहत

भोली राष्ट्रिय शोक घोषणा, इजरायलमा ज्यान गुमाउनेका परिवारलाई १० लाख राहत

  • सोमवार, अशोज २२, २०८०
भोली राष्ट्रिय शोक घोषणा, इजरायलमा ज्यान गुमाउनेका परिवारलाई १० लाख राहत

काठमाडौं-इजरायलमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय शोक घोषणा गरेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउनेछ ।

यस्तै मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको श्रेष्ठले बताए। उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत् निकासा गर्ने निर्णय भएको हो।

हामासको आक्रमणमा परी दस जन नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। एक जना नेपाली भने सम्पर्कविहीन छन्।

सम्बन्धित समाचार