AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • सन्दीप लामिछानेले नेपालको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने

सन्दीप लामिछानेले नेपालको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने

  • शुक्रबार, अशोज २६, २०८०
सन्दीप लामिछानेले नेपालको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने

काठमाडौं-क्रिकेटर सन्दीप लामिछानेले नेपालको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने निर्णय गरेका छन् ।

भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’

नेपालले आगामी प्रतियोगिताको रुपमा नेपालले हङकङ र युएईसँग अर्को साता देखी त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ । त्रिकोणात्मक सिरिज पछि विश्वकप छनोट खेल्नेछ ।

सन्दीपमाथि दायर गरिएको मुद्दा लामो समयदेखि जिल्ला अदालतमा विचाराधीन छ । पटक-पटक विभिन्न बहानामा फैसला पेशी सर्दै आएकाले सन्दीप निराश छन् ।

Facebook Comments

सम्बन्धित समाचार