AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • कोशीका नवनियुक्त मुख्यमन्त्रीले एमाले अध्यक्ष ओलीलाई भेटे

कोशीका नवनियुक्त मुख्यमन्त्रीले एमाले अध्यक्ष ओलीलाई भेटे

  • आइतवार, अशोज २८, २०८०
कोशीका नवनियुक्त मुख्यमन्त्रीले एमाले अध्यक्ष ओलीलाई भेटे

काठमाडौं-कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

नियुक्त भएकै दिन अर्थात् शनिवार साँझ काठमाडौँ आएका उनले त्रिभुवन विमानस्थलमा अवतरण भएसँगै कांग्रेस नेता शेखर कोइरालालाई भेट्न उनको निवास पुगेका थिए । त्यसपछि कार्की ओली निवास बालकोट पुगेका हुन् ।

नेकपा एमालेको सहयोगमा संविधानको धारा १६८ (५) अन्तर्गत कोशीको मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् ।

कांग्रेसबाट विद्रोह गरेका कार्कीको नेकपा एमालेबाट एक र आफूलाई साथ दिने एकजना कांग्रेस सांसदलाई आजै मन्त्री नियुक्ति गर्ने तयारी रहेको बुझिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार