AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • वर्तमान गठबन्धन भत्काउने षडयन्त्र भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

वर्तमान गठबन्धन भत्काउने षडयन्त्र भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

  • आइतवार, अशोज २८, २०८०
वर्तमान गठबन्धन भत्काउने षडयन्त्र भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार र गठबन्धन भत्काउन बिभिन्न शक्ति लागेको दाबी गरेका छन्।

भरतपुर महानगरमा निर्माण भएका तीन वटा छुट्टाछुट्टै खाने पानी आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले देशमा समाजवादको आधार तयार गर्दैगर्दा केहीलाई छटपटाहट भएर वर्तमान सरकार गठबन्धन भत्काउन लागेका आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काउने षडयन्त्र तत्कालका लागि विफल भएको दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले भने,’देश भित्र र देश बाहिर रहेका नेपालीको हितमा काम गर्दा केही थरीलाई तनाव भएको छ । गठबन्धनलाई विभाजन ल्याउन सकिन्छ कि भनेर लागेका छन्, तर त्यो षडयन्त्र असफल भएको छ । हामीले राष्ट्र र जनताका पक्षमा काम गर्दै जादा यस्ता षडयन्त्रहरु आफै विफल हुँदै जाने छन् ।’

प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका लाखौं नेपालीहरुको नागरिकता र मतदानको समस्या समाधान गर्न सरकारले पहल गरिरहेको बताए ।

सुशासनका पक्षमा, सामाजिक न्याय र आर्थिक सम्वृद्धिका पक्षमा सरकारले आफ्नो प्रतिवद्धता पूरा गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार