AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • झलनाथपछि उपप्रधानमन्त्री श्रेष्ठ चीन जाँदै

झलनाथपछि उपप्रधानमन्त्री श्रेष्ठ चीन जाँदै

  • सोमवार, अशोज २९, २०८०
झलनाथपछि उपप्रधानमन्त्री श्रेष्ठ चीन जाँदै

काठमाडौं-उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन प्रस्थान गर्दैछन् ।

उत्तरी छिमेकी चीनद्धारा आयोजित  ‘थर्ड बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन’मा  सहभागीता जनाउन उनी चीन प्रस्थान गर्न लागेका हुन् ।

आज अपरान्ह १२ बजेर मन्त्री श्रेष्ठ चीन प्रस्थान गर्नेछन् । गए राती नेकपा समाजवादीका सम्मानित नेता झलना खनाल पनि चीन प्रस्थान गरेका थिए ।

बिआरआईसम्बन्धी कार्यक्रम आगामी कात्तिक १ र २ मा हुँदै छ, जसको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्दै छन् ।

चीनका पब्लिक सुरक्षासम्बन्धी मन्त्री तथा स्टेट काउन्सिलर तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्य वाङ सियाहोङको निमन्त्रणामा श्रेष्ठ जान लागेको उनको सचिवालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार