mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ १९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • आर्थीक बिकास विशेष
  • एक महिनामा २५ अर्ब थपियो विदेशी मुद्रा सञ्चिति

एक महिनामा २५ अर्ब थपियो विदेशी मुद्रा सञ्चिति

  • मङ्लबार, अशोज ३०, २०८०
एक महिनामा २५ अर्ब थपियो विदेशी मुद्रा सञ्चिति

काठमाडौं-नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै १६ खर्ब रुपैयाँ हाराहारी पुगेको छ ।

नेपाल राष्ट्र बैंकले दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

साउनमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति एक महिनामा झण्डै २५ अर्ब ७८ करोड रुपैयाँ थप भई भदौ मसान्तसम्म १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

यो सञ्चिति आर्थिक वर्ष २०७९/८० को अन्तिम महिना असारको तुलनामा ३.९ प्रतिशत धेरै हो । अमेरिकी डलरमा भदौ मसान्तसम्म १२ अर्ब १ करोड विदेशी मुद्रा सञ्चिति रहेको देखिएको छ ।

अहिलेको विदेशी मुद्राको सञ्चितिले १२.६ महिनाको वस्तु आयात गर्न पर्याप्त हुन्छ । १०.३ महिनाको वस्तु तथा सेवा आयातमा यो सञ्चिति पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०८० भदौ मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पालन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपात २९.७ प्रतिशत, ८६ प्रतिशत र २६.२ प्रतिशत रहेको देखिएको छ ।

सम्बन्धित समाचार