AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • कोशीका मुख्यमन्त्री कार्कीलाई दुई तिहाइबढी विश्वासको मत प्राप्त

कोशीका मुख्यमन्त्री कार्कीलाई दुई तिहाइबढी विश्वासको मत प्राप्त

  • बुधबार, कार्तिक १, २०८०
कोशीका मुख्यमन्त्री कार्कीलाई दुई तिहाइबढी विश्वासको मत प्राप्त

विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाइ बढी विश्वासको मत पाएका छन् ।

बुधबार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी मत परेको  हो ।

९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ८६ मत पर्दा विपक्षमा ५ मत मात्रै परेको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ सिट भएको राप्रपाबाहेक सबै दलले उनलाई विश्वासको मत दिएको हो । राप्रपाका एक सांसद अनुपस्थित रहे ।

एमालेको समर्थनमा कांग्रेसबाट ८ सांसद विद्रोह गराई कार्कीले बिहीबार ४७ सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यहरूको सनाखत गराएर मात्रै मुख्यमन्त्री नियुक्त गरेका थिए।

Facebook Comments

सम्बन्धित समाचार