AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • चीनमा भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’ भएपछि अस्पताल भर्ना

चीनमा भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’ भएपछि अस्पताल भर्ना

  • बिहिबार, कार्तिक २, २०८०
चीनमा भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’ भएपछि अस्पताल भर्ना

काठमाडौं-चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

बेइजिङस्थित एक अस्पतालमा उनी भर्ना भएका हुन् ।

स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले दिएको जानकारी अनुसार चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको छ ।

बुधबार दिउँसोदेखि नै उनले असहज महसुस गरेको स्वकीय सचिव सुरेशकाजीले जानकारी दिए ।

बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार